२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीको उपसभामुखका लागि आज निर्वाचन हुँदै

अ+ अ-

दाङ । लुम्बिनी प्रदेशको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध भइसकेका छन् ।

उपसभामुखका लागि आज हुने चुनावका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

सत्ता गठबन्धनले उपसभामुखमा राप्रपाका केसीलाई समर्थन गर्ने निर्णय गरे पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवार सारेको छ । गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमति भएको थियो । नागरिक उन्मुक्तिले प्रदेश सरकारमा कम्तीमा दुई मन्त्रालयमा दाबी गर्दै आएको छ ।

गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४ तथा जसपा, लोसपा र जनमतका ३९३ प्रदेश सभा सदस्य छन् । दुई स्वतन्त्र सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्ता पक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस