२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला

अ+ अ-

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)निष्कासन आजबाट बिक्री खुला गरेको छ । आजबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

सर्वसाधारणलाई छुट्ट्याइएको मध्ये पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । दुई प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्ट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा चार हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा माघ ६ गते हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि माघ १७ गतेसम्म थप गरिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरो शेयर खातामार्फत आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्य स्तरको जोखिम रहेको सङ्केत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओबाट सङ्कलन गरेको पुँजी नेपाल एसबिआई बैंकबाट लिइएको रकमको ब्याज तिर्नुका साथै केबलकारको क्षमता वृद्धि गर्ने, केबलकार तथा चियर लिफ्टको निर्माण, होटेल तथा रिसोर्ट सञ्चालन गर्न जग्गा खरिद गर्ने उपयोग गरिने बताइएको छ ।