गण्डकीको उपसभामुखमा एमालेकी बिना थापा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गण्डकीको उपसभामुखमा एमालेकी बिना थापा


२ माघ २०७९, सोमबार


पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाइन् ।

थापालाई सत्तारुढ गठबन्धनका सांसदहरूको समर्थन थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् । काँग्रेस सांसद तामाङले भने आफ्नो पार्टीका २६ सांसदको मत पाइन् । काँग्रेस सांसद टीका बस्याल भने अनुपस्थित रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस