सरकारमा सहभागी हुन जसपाले अघि सार्‍यो आफ्ना सर्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सरकारमा सहभागी हुन जसपाले अघि सार्‍यो आफ्ना सर्त


२ माघ २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेको छ । न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने सो पार्टीको भनाइ छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन । सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको भनिएका बेला उनले भने पार्टीको लागि न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने बताए । अन्यथा सरकारमा सहभागी नहुने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस