पोखरा विमान दुर्घटनामा मृत्यु हुने २६ जनाको सनाखत (नामावलीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोखरा विमान दुर्घटनामा मृत्यु हुने २६ जनाको सनाखत (नामावलीसहित)


२ माघ २०७९, सोमबार


काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदिको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये २६ वटा शव आफन्त र परिवारले चिनेर सनाखत गरिदिएका छन् ।

कतिपय शव परिचयपत्रको आधारमा सनाखत गरिएको छ । यती एयरलाइन्स प्रा।लिको ९–एन एएनसी एटिआर–७२ विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । ४ जनाको अवस्था अझै अज्ञात छ । अहिलेसम्म सनाखत भएकाहरूको नामावली यस्तो छ :

१. निशान्त आचार्य, २७ वर्ष । पोखरा–१३ काहुँडाडा

२. सङ्गीता शाही, २३ वर्ष । पोखरा–१७ हाल बालाजु काठमाडौं

३. डा. सुशील श्रेष्ठ, ३८ वर्ष, पोखरा महानगरपालिका–४

४. डा।सोना दिवाकर, ३६ वर्ष, पोखरा महानगरपालिका–४

५. रियान पौडेल, १० महिना, कुश्मा–१ पर्वत

६. सदाकत अलिमिया, पोखरा–१३ मियापाटन

७. लक्ष्मी पौडेल, पोखरा महानगर–१९ बाटुलेचौर

८. प्रसिद्धि पौडेल, ११ वर्ष, कुश्मा–९ कटुवाचौपारी

९. अरुण पौडेल, ४६ वर्ष, कुश्मा–९ कटुवाचौपारी

१०. पूर्णकुमार गुरुङ, पोखरा–२६

११. क्युङ्गचुल यु, ४५ वर्ष, कोरियन नागरिक

१२. विजयकुमार गुरुङ, ३९ वर्ष । मोदी–१ पर्वत

१३. रचना काफ्ले पौडेल, कुश्मा–१ पर्वत

१४. रक्की गुरुङ, ३४ वर्ष

१५. डा।गणेश थापा, ३७ वर्ष, शंकरनगर–८ रुपन्देही

१६. नतु परियार, (महिला) काठमाडौँ

१७. रिता परियार, काठमाडौँ

१८. हरि परियार, काठमाडौँ

१९. एसमिन गुरुङ, (महिला) पोखरा महानगरपालिका–८ जनप्रिय

२०. पुजन राना, पोखरा–१० बुद्ध चोक

२१. सृजना होंगचुन, मुर्गिया बुटवल (एयर होस्जेट)

२२. त्रिभुवन पौडेल, पोखरा–११ फूलबारी (लाइसेन्सबाट सनाखत भएको)

२३. मोहन प्रकाश श्रेष्ठ, (३५ वर्ष) कावासोती नगरपालिका–६

२४. युरी ल्यागीन, रसियन नागरिक

२५. एलिना बान्दुरो, महिला । रसियन नागरिक

२६. जीवनकला गुरुङ, पोखरा–१६ छोरेपाटन

अहिलेसम्म ४२ जना मृतक पहिचान भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस