हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन माग


२ माघ २०७९, सोमबार


काठमाडौँ । होटेल सङ्घ नेपाल (हान) ले हवाई यात्रालाई पूर्ण रूपमा सुरक्षित बनाउन सरोकारवालासँग माग गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै हानले यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनाले नेपाली आकाश असुरक्षित भएको सन्देश प्रवाह हुने चिन्ता व्यक्त गरेको छ ।

यसले हवाई क्षेत्र मात्र नभई सिङ्गो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने हानको भनाइ छ । नेपाली आकाश सुरक्षित बनाउनु राज्य र सबै सरोकारवालाको कर्तव्य भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुरक्षित यात्राको प्रत्याभूति दिलाई हवाई जहाज तथा हवाई यातायात व्यवस्थाको सुरक्षा मापदण्ड सुनिश्चित गर्न समेत हानले माग गरेको छ । यात्रुको सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण सुरक्षित हवाई यात्राको प्रत्याभूति गर्न समेत हानले माग गरेको छ ।

छानबिन गर्न गठन भएको समितिले निर्मम र सूक्ष्म ढङ्गबाट अध्ययन गरी प्रभावकारी प्रतिवेदन आउने अपेक्षा समेत हानले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस