शव पहिचान गर्न काठमाडौँबाट २ जना फरेन्सिक विज्ञ पुगे पोखरा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

शव पहिचान गर्न काठमाडौँबाट २ जना फरेन्सिक विज्ञ पुगे पोखरा


२ माघ २०७९, सोमबार


काठमाडौँ । यती एयरको ९-एन एएनसी एटिआर-७२ विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गर्न काठमाडौँबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा पुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा गएका हुन् ।

घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । सङ्कलन गरिएको ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । शव पहिचान गर्न र पोस्टमार्टमका सहयोग गर्न काठमाडौँबाट विशेषज्ञ चिकित्सक पोखरा गएका हुन् ।

पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)का ५ जना र काठमाडौँबाट गएका दुई जना विशेषज्ञले शव पहिचान सँगै पोस्टमार्टम गरिरहेका छन् । पहिलो चरणमा १४ जनाको पोस्टमार्टम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

अहिलेसम्म ४२ जना मृतकको सनाखत गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस