पोखरा विमान दुर्घटना : नभेटिएका शवको आज पनि खोजी जारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पोखरा विमान दुर्घटना : नभेटिएका शवको आज पनि खोजी जारी


२ माघ २०७९, सोमबार


काठमाडौँ । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव अस्पतालमा पुर्‍याइएको छ।

सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारीले बताए ।

अस्पतालमै शवको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो।

करिब २ सय जना नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र प्रहरी घटनास्थलमा खटिएका छन्।

क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस