चेल्सीद्वारा युक्रेनका फरवार्ड अनुबन्ध « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चेल्सीद्वारा युक्रेनका फरवार्ड अनुबन्ध


२ माघ २०७९, सोमबार


लण्डन । प्रिमियर लिग क्लब चेल्सीले युक्रेनका फरवार्ड मखाइलो मड्रिकलाई शाख्तार डोनेस्कबाट ८.९ करोड करोड पाउन्डमा अनुबन्ध गरेको छ ।

२२ वर्षीय खेलाडीले चेल्सीसँग ६.२ करोड पाउन्डमा साढे ८ वर्षको करार गरेका छन् जसमा २.७ करोड पाउन्ड बोनसको रूपमा रहेको छ ।
‘चेल्सीसँग आबद्ध हुन पाउँदामा म निकै खुसी छु,’ मड्रिकले भने । आर्सनलले पनि अनुबन्ध चाहेका युवा खेलाडीले यो सिजन शाख्तारका लागि १२ लिग खेलमा ७ गोल गरेका छन् ।

‘यो उत्कृष्ट लिगको ठूलो क्लब हो र मेरो करियरका लागि उत्साहजनक परियोजना हो,’ उनले भने । सन् २०२२ मा युक्रेनको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ७ गोल गरिसकेका छन् । चेल्सीले जनवरीमा अनुबन्ध गरेका मड्रिक पाँचौँ खेलाडी हुन् । यसअघि क्लबले जोआ फेलिक्सलाई एट्लेटिको मड्रिडबाट ऋणमा भित्र्याएको थियो भने बेनिओट बेडिअसिल, डेभिड फाफोना र आन्द्रे सान्तोषलाई अनुबन्ध गरेको थियो ।

सन् २०२२ को मेमा अमेरिकी व्यवसायी टड बोहलीले क्लब खरिद गरेपछि चेल्सीले खेलाडीको ट्रान्सफरमामात्र ४० करोड पाउन्ड खर्च गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस