लोक गायिका छन्त्यालको शोकमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक गायिका छन्त्यालको शोकमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने


२ माघ २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोक गायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यो निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको अध्यक्षमा आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्नेसम्म गरेको प्रतिष्ठानले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गर्दै २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस