लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने


२ माघ २०७९, सोमबार


रुपन्देही । लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता पक्षबाट उम्मेदवारको टुङ्गो लागे पनि विपक्षी दलबाट उम्मेदवारको टुङ्गो लागेको छैन ।

सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको छ । उनीहरू दुवैले आफ्नो उम्मेदवारहरू तयार गरेका छन् ।

माघ ३ गते हुने सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी लाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए ।

८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन रहेको छ । नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत, लोसपाका ३/३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस