खराब मौसमका कारण आन्तरिक उडान प्रभावित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित


२ माघ २०७९, सोमबार


काठमाडौँ। खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ ।

मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।

काठमाडौँ विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएपछि काठमाडौँमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान-अवतरण भने रोकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस