मधेस प्रदेशसभाको आजको बैठक स्थगित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मधेस प्रदेशसभाको आजको बैठक स्थगित


२ माघ २०७९, सोमबार


जनकपुरधाम । विमान दुर्घटनामा सरकारले आज शोक बिदा दिएकाले मधेस प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार अब बैठक मङ्गलवार दिउँसो १ बजेका लागि सारिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री यादवले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस