चीनले गर्‍यो १४ उपग्रह प्रक्षेपण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनले गर्‍यो १४ उपग्रह प्रक्षेपण


२ माघ २०७९, सोमबार


चीन । चीनले लङमार्च टु डी रकेकबाट १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उक्त रकेट उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट आइतबार अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

किलु–२ र किलु–३ लगायतका उपग्रहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका छन् । ‘अप्टिकल इमेजिङ’ उपकरणसहतिका ती उपग्रहले पृथ्वी वस्तुस्थितिबारे जानकारी दिनेछन् । तिनीहरूबाट पूर्वी चीनको शानडोङ प्रान्तलाई भूमि सर्वेक्षण, कृषि, वन, वातावरण संरक्षण र विपद् रोकथाम र न्यूनीकरणका लागि ‘रिमोट सेन्सिङ’ सेवा प्राप्त हुनेछ ।

लङ मार्च टु डी रकेट चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनको सहायक कम्पनी साङ्घाइ एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीले निर्माण गरेको हो । लङ मार्च रकेट श्रृङ्खलाअन्तर्गत चीनको यो ४६२ औं अन्तरिक्ष अभियान हो ।

Tags :
प्रतिक्रिया दिनुहोस