हवाइ सेवालाई विश्वासयोग्य बनाउन सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हवाइ सेवालाई विश्वासयोग्य बनाउन सरकारको ध्यानाकर्षण


१ माघ २०७९, आइतबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै स्तब्ध भएको बताएका छन् । शोक वक्तव्य जारी गर्दै नेता खनालले दुःखद घडीमा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण  गरेका छन् । 

नेता खनालले नेपाली आकाशमा हुने गरेका हवाई दुर्घटनाले नेपाली आकाश र भूभागको यात्राप्रति विश्व समुदायमै नकारात्मक असर पर्न सक्ने सम्भावना र नागरिकको जीवन रक्षालाई महत्त्वपूर्ण ढङ्गबाट हेर्न आवश्यक रहेको बताएका छन् ।

‘यस्ता दुर्घटनाका कारणहरू पहिल्याई हवाइ सेवालाई सुरक्षित र विश्वासयोग्य बनाउन म सरकारको गम्भीर रूपले ध्यानाकर्षण गराउन चाहन्छु’, खनालले भनेका छन् । 

साथै उनले उद्धार कार्यलाई युद्दस्तरमा अघि बढाउन र मृतकको परिवारहरूलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध  गराउन पनि सरकारसँग जोडदार माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस