पूर्वसचिव आचार्यको पुस्तक ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ सार्वजनिक  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्वसचिव आचार्यको पुस्तक ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ सार्वजनिक 


१ माघ २०७९, आइतबार


काठमाडौँ । पूर्वसचिव रामकुमार आचार्यको ‘नेपालमा भ्रष्टाचार: कारण र निवारण’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । ३२ वर्ष लामो सेवा अवधि निजामतीमा बिताएका उनले अनुभव र अध्ययनसमेतका आधारमा पुस्तक तयार गरेका हुन्।

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार वर्ष काम गरेका आचार्यले नेपालमा हुने भ्रष्टाचारका १६ वटा कारणलाई समस्याका रूपमा प्रस्तुत गर्दै प्रत्येकको समाधानसहित निवारणका उपाय पुस्तकमार्फत सुझाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस