प्रावि तह शिक्षकको नतिजा र सिफारिस सँगसँगै गर्दै आयोग  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रावि तह शिक्षकको नतिजा र सिफारिस सँगसँगै गर्दै आयोग 


१ माघ २०७९, आइतबार


काठमाडौँ । शिक्षक सेवा आयोगले अहिले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पद खुला प्रतियोगितात्मक लिखित परीक्षाको जिल्लागत नतिजा प्रकाशन गरिरहेको छ ।

आयोगले २०७८ चैत १९ गते २०७९ असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजामा उत्तीर्ण हुने शिक्षकहरूको माघ १८ गतेदेखि अन्तर्वार्ता लिने समय तालिका सार्वजनिक गरेको छ ।

सबै जिल्लाको नतिजा सार्वजनिक गरिसकेपछि सिफारिस गर्न ढिला हुने भएकोले लिखित परीक्षा उत्तीर्ण गरेका शिक्षकहरूको अन्तरवार्ता लिने र अन्तर्वार्ताको नतिजा आएका जिल्लाका शिक्षकहरूलाई विद्यालयमा पठाउनको लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गर्दै जाने तयारी गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस