विमानले अवतरणको अनुमति लिइसकेको थियो : पोखरा विमानस्थल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विमानले अवतरणको अनुमति लिइसकेको थियो : पोखरा विमानस्थल


१ माघ २०७९, आइतबार


काठमाडौँ। यति एयरलाइन्सको दुर्घटनाग्रस्त विमानले अवतरणको अनुमति लिइसकेको पोखरा विमानस्थल प्रमुख विक्रम गौतम बताएका छन् । बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अवतरणको अनुमति लिइसकेको उनको भनाइ छ । 

“अवतरणको अनुमति लिइसकेको थियो ।  प्राविधिक कारणले हुन सक्छ । जहाज ल्यान्ड हुन मोडिएको भिडियोमा देख्न सकिन्छ ,‘उनले भने । विमानमा आकाशमै आगोको झिल्को देखिएको स्थानीय बताउँछन् ।

आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा ७२ मध्ये ६८ जनाको मृत्यु पुष्टि भइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस