दुर्घटनाग्रस्त विमानमा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पती पनि सवार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दुर्घटनाग्रस्त विमानमा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पती पनि सवार


१ माघ २०७९, आइतबार


काठमाडौँ । पोखरामा आज दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पुष्टि गरे ।

उनीहरूसँगै १० महिनाको बच्चा पनि रहेको पौडेलले बताए । उनले डाक्टर श्रेष्ठको परिवारसहित गण्डकी अस्पतालमा बसिरहेको बताए । डा. श्रेष्ठ पोखरा निवासी हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रूपमा समेत काम गरेका थिए । उनले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीले डा. श्रेष्ठले घर जान बिदा लिएको बताए । डा. श्रेष्ठ दुई वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस