जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि


१ माघ २०७९, आइतबार


काठमाडौँ । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।

दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।

केसीका अनुसार ३० वटा शव निकालेर अस्पताल पुर्‍याइदिइएको र ३४ वटा शव खोँचमा भेटिएका छन्। निकाल्न प्रयास भइरहेको छ । तीन सय मिटर गहिरो खोँच भएकाले शव निकाल्न कठिन भएको उनले बताए।

मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए। अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए।

जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घण्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस