पोखरा जहाज दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दुःख व्यक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पोखरा जहाज दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दुःख व्यक्त


१ माघ २०७९, आइतबार


काठमाडौँ । पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका तथा चीनले दुःख व्यक्त गरेका छन्।

काठमाडौँस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्। 

अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ। 

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।

‘यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना,’ उनले ट्विट गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस