यती एयरलाइन्सद्वारा जहाज दुर्घटनाको विवरण सार्वजनिक  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

यती एयरलाइन्सद्वारा जहाज दुर्घटनाको विवरण सार्वजनिक 


१ माघ २०७९, आइतबार


काठमाडौँ । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९ एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए ।

विमान अन्तिम पटक १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पर्कमा आएको समेत यतीले जनाएको छ । थप विवरण क्रमशः सार्वजनिक गर्दै जाने समेत कम्पनीको भनाइ छ । यात्रुको विवरण समेत सार्वजनिक भएको छ । यात्रुको अवस्था बारे भने अझै सार्वजनिक भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस