जहाज दुर्घटनाप्रति माओवादीद्वारा दुःख व्यक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जहाज दुर्घटनाप्रति माओवादीद्वारा दुःख व्यक्त


१ माघ २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गरी जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रवक्ता महराले हवाई दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

उनले दुर्घटनाका घाइतेहरूको तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्न समेत गरेका छन् । महराले पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको बताएका छन् । 

आइतबार काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा भएको दुर्घटना भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस