पोखरा दुर्घटना विमानमा १० जना विदेशी यात्रु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पोखरा दुर्घटना विमानमा १० जना विदेशी यात्रु


१ माघ २०७९, आइतबार


काठमाडौँ । पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जनामध्ये १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ ।

आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाईटी ६९१ विमान ११ बजे पोखरामा दुर्घटना भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार विदेशीहरू पर्यटक रहेको खबर छ । उनीहरू कुन कुन देशका नागरिक हुन् भन्ने खुलिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस