यति एयर दुर्घटना अपडेट : चालक दलसहित ७२ यात्रु सवार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

यति एयर दुर्घटना अपडेट : चालक दलसहित ७२ यात्रु सवार


१ माघ २०७९, आइतबार


काठमाडौँ । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।

बिहान साढे १० बजे काठमाडौँबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।

पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस