एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबलको फाइनल आज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबलको फाइनल आज


१ माघ २०७९, आइतबार


काठमाडौँ । सातौँ संस्करणको एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेलहरू आज हुँदै छन्।

राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा महिला तर्फको उपाधिका लागि न्यू डाइमण्ड र पुलिस भिड्दै छन्। यो खेल मध्याह्न १२ बजे सुरु हुने छ।​न्यु डायमण्ड विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। यता पुलिसले गत सिजनको उपविजेता एपीएफलाई ३–२ को सेटमा हराएर फाइनलमा स्थान बनाएको हो।

पुरुष तर्फको फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ। उपाधिका लागि साबिक विजेता त्रिभुवन आर्मीले हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ।​ हेल्प नेपालले सेमिफाइनलमा पुलिसमाथि ३ –२ को सेटमा कठिन जित हात पारेको थियो। अर्को सेमिफाइनलमा एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।

उपाधि विजेता महिला र पुरुष टोलीले नगद ४–४ लाख पाउनेछन्। यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस