आगलागी हुँदा ११ सटरका पसल जले नष्ट « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आगलागी हुँदा ११ सटरका पसल जले नष्ट


१ माघ २०७९, आइतबार


काठमाडौँ । झापाको दमक-६ स्थित मुख्य बजार क्षेत्रमा आगलागी भएको छ ।

आगलागीबाट नमुना बजारस्थित मिसाल बजारका ११ सटरका पसल जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।आइतबार बिहान ३ बजेदेखि लागेको आगो करिब ५स्३० बजे मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ११ वटा सटरमा रहेका जुत्ता-चप्पल, कपडालगायतका पसल जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

झापा र मोरङका सात वटा दमकलले आगो नियन्त्रणमा लिएको बताइएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस