उपसभामुख सिर्जना दनुवारले लिइन् शपथ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपसभामुख सिर्जना दनुवारले लिइन् शपथ


३० पुस २०७९, शनिबार


काठमाडौँ । प्रदेश नं १ का नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारले शपथ ग्रहण गरेकी छन्।

शनिबार सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा उनलाई शपथ खुवाएका हुन्।

सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नंं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत)को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएकी दनुवारलाई सोही नियमावलीअनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश मन्त्रिपरिषद्का सदस्य, निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभाका सदस्यको शपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो।

उपसभामुख दनुवारले आजै पदभार ग्रहण गरेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस