वर्षमान पुनको सुमेरु अस्पतालमा उपचार सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्षमान पुनको सुमेरु अस्पतालमा उपचार सुरु


३० पुस २०७९, शनिबार


काठमाडौँ । रोल्पा पुगेका माओवादी केन्द्रका नेता वर्षमान पुन भएपछि हेलिकोप्टर मार्फत आएर ललितपुरको सुमेरु हस्पिटलमा उपचार सुरु गरेका छन् । ।

जटिल प्रकारको वंशाणुगत जंडिस रोगबाट ग्रसित रहेका पुन गत मंसिरमा उपचारका लागि चीन गएका थिए । पूर्ण रूपमा रोग निको नहुँदै राजनीतिमा सक्रिय रहेका पुनलाई रोगले च्याप्दै लगेपछि रोल्पाबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

नेता पुनलाई लागेको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टु सिन्ड्रोम भनिन्छ । यो रोगको उपचारका लागि विगतमा उनी थाइल्याण्ड र चीनका अस्पतालमा पुगेका थिए ।

गत निर्वाचनमा निरन्तर खटाइको धपेडीले रोगले च्याप्दै लगेपछि उनी चीनमा उपचारका लागि पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस