२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको घरलाई सङ्ग्रहालय बनाइने

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित जन्म घरलाई सङ्ग्रहालय बनाइने भएको छ।

नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो।

लुम्बिनी प्रदेश सरकारको ५० लाखको लगानीमा सङ्ग्रहालय बनाउने योजना अघि बढाइएको हो।

‘घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ। उस्तै नयाँ घर बनाएर सङ्ग्रहालयमा परिणत गर्ने योजना छ,’ टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवं लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिला मन्त्री वैजनाथ चौधरीले भने।

जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए। ‘तीन दशकदेखि घरको संरक्षणको माग गरिँदै आएको थियो,’ चौधरीले भने।

स्व आचार्यको घर परासीको गौरव भएकाले सङ्ग्रहालयका रूपमा परिणत गर्ने योजना अघि बढाइएको उनको भनाइ छ।

प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पुरातत्त्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले स्व आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए।

आचार्यको जन्म विसं १९६९ मा भएको थियो। उनको २०४५ सालमा निधन भएको थियो। उन २०१२ सालमा मुलुकको प्रधानमन्त्री बनेको थियो।

प्रतिक्रिया दिनुहोस