काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ फर्किएका छन् ।
शनिबार रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रमका लागि सुनछहरी गाउँपालिकाको पोबाङ पुगेका पुनको स्वास्थ्यमा जटिलता देखिएपछि उनी हेलिकोप्टरमा काठमाडौँ फर्किएका हुन् ।
शुक्रबार उक्त फाउन्डेसनको आयोजनामा होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुन शनिबार बिहान सुनछहरी गाउँपालिकामा वितरण गरेपछि दिउँसो पौने २ बजे काठमाडौँ फर्किएका हुन् ।