प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार विजयी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार विजयी


३० पुस २०७९, शनिबार


विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् ।

शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए । दनुवारको पक्षमा ५७ मत खसेको थियो ।विपक्षमा ३३ मत खसको थियो ।

उपसभामुख पदका लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली काँग्रेसकी सांसद लिला कुमारी राईको पक्षमा ३३ मत खसेको थियो । विपक्षमा ५७ मत खसेको थियो ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गर्दा सभामुख बाबुराम गौतम तटस्थ बसे । एमालेका दुई सांसद मत विभाजनका क्रममा उपस्थित थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस