बागमती प्रदेशको उपसभामुखका लागि ३ जनाको उम्मेदवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेशको उपसभामुखका लागि ३ जनाको उम्मेदवारी


३० पुस २०७९, शनिबार


हेटौँडा । बागमती प्रदेशको उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाईँ, काँग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् ।

आज हुने उपसभामुख चयनका लागि उनीहरूले उम्मेदवारी दिएका हुन् ।

बागमती प्रदेश सचिवालयका अनुसार उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी चापागाईँ, काँग्रेसकी परियार तथा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस