माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता


३० पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए ।

दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस