गायिका रचना रिमालको ‘दिलराजा’ सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गायिका रचना रिमालको ‘दिलराजा’ सार्वजनिक


३० पुस २०७९, शनिबार


काठमाडौँ । गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शब्द र सङ्गीत रमेश दर्नालको रहेको छ । चर्चित मोडलद्वय गरिमा शर्मा र सुधीर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ ।

लोकप्रिय गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथि कलाकारको रूपमा छन् ।

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस