प्रदेश १ मा उपसभामुखको निर्वाचन आज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ मा उपसभामुखको निर्वाचन आज


३० पुस २०७९, शनिबार


काठमाडौँ । प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ ।

प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिला कुमारी राई र नेकपा (एमाले)की सिर्जना दनुवारको उम्मेदवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैठकले मतदान पक्रियाद्वारा उपसभामुखको चयन गर्ने छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस