सोलुखुम्बुमा नाबालिग करणीको आरोपमा युवक पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सोलुखुम्बुमा नाबालिग करणीको आरोपमा युवक पक्राउ


३० पुस २०७९, शनिबार


पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका २ का २५ वर्षीय विक्रम श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु जनाएको छ ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी राम किशोर शाहका अनुसार एक १५ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई शुक्रबार घरबाटै पक्राउ गरिएको हो ।

युवक उपर जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणीबाट बालिका गर्भवती रहेको पारिवारिक श्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस