अब आशा जाग्यो, इमान्दार कम्युनिस्टलाई एकताबद्ध गर्छौँ : माधव नेपाल  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब आशा जाग्यो, इमान्दार कम्युनिस्टलाई एकताबद्ध गर्छौँ : माधव नेपाल 


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरमा घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले अब पुरानै विचारले पार्टी नचल्ने बताए ।

‘उही विचार रहेसम्म पार्टी बन्दैन । यो नयाँ सुरुवात हो । आन्दोलनलाई व्यापक बनाउनुपर्छ । अब पुरानो रवैयाले चल्दैन । पुरानो कुराको समीक्षा गरेर अगाडि बढ्नुपर्छ । हामीले पार्टीलाई नयाँ ढङ्गले अगाडि लैजाने, इमान्दार कम्युनिस्टलाई एकताबद्ध बनाउने सङ्कल्प गरेका छौँ । हामीभित्र रहेका विकारहरूको खोजी गर्नुपर्छ । सुधार्नुपर्छ,’ उनले भने ।

अध्यक्ष नेपालले पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गरेर जाने पनि बताए । ‘इमान्दार कम्युनिस्टलाई एकताबद्ध गरेर अघि बढ्नेछौँ । नयाँ आशा जागेको छ,’उनले भने । 

Tags :
प्रतिक्रिया दिनुहोस