घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।

राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । यसअघि नेकपा एमालेका नेता समेत रहेका भुसाल सो पार्टी परित्याग गरी रुपन्देही-१ बाट (स्वतन्त्र) निर्वाचन लडेका थिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस