यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठ) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठ)


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९-०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो ।  जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।

यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको बैङ्कले जनाएको छ । 

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ  शोधनान्तर स्थिति रु. ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने  संघीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड रहेको छ ।

राष्ट्र बैङ्कले विस्तृत मुद्रा प्रदाय १.९ प्रतिशतले बढेको जनाउँदै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय ७.४ प्रतिशतले बढेको उल्लेख गरेको छ ।  बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.२ प्रतिशतले बढ्नुका साथै निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस