यो मेरा लागि परीक्षा पनि हो, जतिसक्दो राम्रो काम गर्छु : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

यो मेरा लागि परीक्षा पनि हो, जतिसक्दो राम्रो काम गर्छु : प्रधानमन्त्री प्रचण्ड


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस कार्यकालमा जतिसक्दो राम्रो काम मात्र गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

‘‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’’

उनले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए।

हस्तकला व्यवसाय प्रवर्द्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस