जेडीयूका पूर्व अध्यक्ष शरद यादवको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जेडीयूका पूर्व अध्यक्ष शरद यादवको निधन


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ ।

उनको ७५ वर्षको उमेरमा निधन भएको हो। शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्वीटबाट उनको निधनको जानकारी दिएकी हुन् ।

यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री रहेका थिए । ९० को दशकको अन्त्यमा उनले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पनि मन्त्रीको रूपमा काम गरेका थिए । यादव एक प्रमुख समाजवादी नेता थिए जसले ७० को दशकमा कांग्रेसविरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए । पछिल्लो केही वर्ष खराब स्वास्थ्यका कारण उनी सक्रिय राजनीतिमा थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस