२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विमानस्थल बन्यो तर विमान आउँदैन’

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थल स्तरोन्नति भई कालोपत्र भएको दुई वर्ष बितिसक्दा पनि विमान उडानले निरन्तरता पाएको छैन । 

दिपायल विमानस्थलको स्तरोन्नति गर्ने कार्यका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच २०७३ सालमा चार सय ९० मिटर लम्बाइको धावनमार्ग निमार्ण र कालो पत्रसहितको लागि ६ करोड ८० लाख कबुल अङ्क सहितको ठेक्का सम्झौता  भएको थियो । सम्झौता अनुसार २०७६ साल असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भएपनी एक वर्ष म्याद थप भई २०७७ सालमा काम सम्पन्न भएको थियो ।

स्तरोन्नतिको काम सम्पन्न भई २०७७ साल असोज १७ गते समिट एयरलाइन्सले उडान परीक्षण गरेको थियो । उडान परीक्षण पश्चात् केही समय समिट एयरले निरन्तरता दिएको थियो । समिट एयरले निरन्तरता दिन नसकेपछि नेपाल एरलाईन्सले जहाज उडान सुरु गर्‍यो । सुरुमा हप्तामा दुई पटक उडान गर्ने निर्णय गरेको एरलाईन्सले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा २ पटक १ पटक जहाज उडाउँदै थियो तर पछिल्लो समयमा ५ महिना यता उडान पूर्ण रूपमा बन्द भएको छ । 

पाँच महिना भयो विमान नआएको

दिपायल विमानस्थलमा अहिले जहाज नआएको  पाँच महिना भएको छ । धनगढी देखि दिपायलको अन्तिम उडान २०७९ साल भाद्र ६ गते भएको थियो त्यस पश्चात् हाल सम्म उडान पूर्ण रूपमा बन्द भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलले जानकारी दिएको छ । 

विमानस्थलको स्तरोन्नति भएको केही समय सम्म हप्ता र महिनामा कहिलेकाहीँ जहाज आउँथ्यो अहिले त त्यो पति पूर्ण रूपमा बन्द भएको स्थानीय कर्ण रावलले बताए । उनले भने, ‘दिपायल विमानस्थल सञ्चालन भइसकेपछि बिचमा लामो समय सम्म बन्द हुँदा गौचरणमा परिणत भएको थियो त्यसपछि बिचमा स्तरोन्नति हुँदा अब नियमित सञ्चालन हुन्छ भन्ने लागेको थियो अझ बन्द भई सक्यो । फेरी यस्तै अवस्था हो भने पुनः गौचरणमा परिणत नहोला भन्न सकिँदैन ।’ 

नेपाल एरलाईन्सले विमान अभावका कारण डोटी उडान भर्न नसकेको नेपाल बायु सेवा निगम धनगढीका स्टेसन इन्चार्ज विमल विक्रम शाहीले बताए । उनले भने, ‘केन्द्रले विमान पठाउँदैन, विमान २ वटा मात्र छ कहिले काहीँ बिग्रिन्छ, नेपालगञ्ज सम्म मात्र आउँछ यता सुदूरपश्चिम पटाउँदैन । स्टेसन इन्चार्ज शाहीलाई समेत अब सुदूरपश्चिममा नेपाल एयरलाइन्सको विमान आउँछ वा आउँदैन भनेर कुनै जानकारी छैन ।’ 

१८ सिट भएको नेपाल एयरलाइन्सको विमानले हप्ताको दुई दिन धनगढीबाट डोटी, अछाम, बाजुरा र बझाङमा उडान भर्दै आएको थियो । 

बन्द विमानस्थलमा नयाँ संरचना बन्दै 

दिपायल विमानस्थलमा लामो समय देखि जहाज नआए पनि नयाँ भौतिक संरचना निमार्ण कार्यले निरन्तरता पाएको छ । 

डोटी विमानस्थल आयोजना  अन्तरगत विमानस्थलको टर्मिनल भवन र टावर निमार्ण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलका पूर्व प्रमुख विजय पटेलले बताए । टर्मिनल भवन र टावर निमार्ण गर्न ५ करोड ९ लाखको लागतमा २०७९ असार बाट कार्य प्रारम्भ भई २०८० मङ्सिरमा सम्पन्न गर्ने गरी टिडीआर कस्टक्सन निमार्ण कम्पनी धनगढीसँग सम्झौता भई निमार्ण कार्य सुरु भएको समेत पूर्व प्रमुख पटेलले जानकारी दिए । 

डोटी नागरिक उड्डयन कार्यालय दिपायलका पूर्व प्रमुख विजय पटेल पुस ४ गते अछाम जिल्ला सरुवा भएर गइसकेपछि कार्यालय प्रमुखको जिम्मेवार हाल सम्म कसैलाई तोकेको छैन । 

प्रतिक्रिया दिनुहोस