२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वास्थ्यका हरेक सामानको खरिदमा ५० कमिसन’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य व्यवसायी सङ्घले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति रोक्न माग गरेको छ।

सङ्घले २४ बुँदे ध्यानाकर्षण सार्वजनिक गर्दै राजनीतिक आडमा रहेर स्वास्थ्य क्षेत्रमा विकृति मौलाएको विकृति अन्त्यको माग गरेको हो।

सङ्घले प्राविधिक तथा नीतिगत तहबाट स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार बढेको बताउँदै यसलाई निराकरण गर्नका लागि सबै क्षेत्रबाट झकझक्याउन आवश्यक भएको बताएको छ।

विशेष गरी स्वास्थ्य सेवा विभागको खरिद महाशाखा भ्रष्टाचारको अखडा भएको दाबी गर्दै औषधि, उपकरण, सर्किजल सामग्री र प्याथोलोजी ल्याबमा चरम भ्रष्टाचार हुने गरेको सङ्घका अध्यक्ष नवराज बस्नेतले बताए।

उनले स्वास्थ्यका हरेक पदाधिकारीको योजना भ्रष्टाचार गर्नेतर्फ उद्धत रहेको उल्लेख गरे। महाशाखाले प्रत्येक सामानको खरिदमा ४० प्रतिशत कमिसन लिने गरेको उनले बताए।

उनले भने, ‘स्वास्थ्यका प्रमुखले भनेजति कमिसन दिनुपर्छ। ४० देखि ५० प्रतिशत कमिसन माग्ने गरेका छन्। सामानमा अत्यधिक कर लगाइएको छ । हामी निजी व्यवसायी निकै मर्कामा परेका छौँ।’

त्यस्तै, औषधिको रकम भुक्तानीसमेत बेलामा नगरिदिँदा थप अप्ठ्यारोमा पर्ने गरेको उनको भनाइ छ। औषधि व्यवस्था विभागले जनशक्तिको कमी देखाउँदै अनुगमनलाई झारा टार्ने मात्रै काम गरेको अध्यक्ष बस्नेतले बताए।

सरकारले बिक्री वितरणमा रोक लगाएको औषधिसमेत बिक्री हुने गरेको र जनता निःशुल्क पाउनुपर्ने औषधि समेत अहिले पाउने अवस्थामा नभएको व्यवसायीहरूले गुनासो गरेका छन्।

गर्भपतन तथा यौन उत्तेजना बढाउने औषधिमा प्रतिबन्ध लगाइए पनि बजारमा खुलेआम बिक्री भएको भन्दै यसलाई रोक्नका लागि नीतिगत तहमै सुधार हुनुपर्ने माग स्वास्थ्य व्यवसायीहरूले गरेका छन्।

खरिदकर्ता र व्यवसायीबीच स्वास्थ्य मन्त्रालयमा निरन्तर संवादको वातावरण मिलाउनुपर्नेमा स्वास्थ्य व्यवसायीहरूले जोड दिएका छन्। यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बायोमेडिकल इञ्जिनियर महाशाखा स्थापना गरेर उच्च तहका कर्मचारीको संयोजकत्वमा निजी क्षेत्रको व्यवसायीसमेतको सहभागितामा स्वास्थ्य सामग्री खरिद तथा नीति नियम निर्धारण समिति तत्काल गठन गर्नुपर्ने आवश्यक रहेको समेत सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस