२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीको सभामुखमा ३ जनाको उम्मेदवारी, कसलाई कति सांसदको समर्थन ? 

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशको सभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली काँग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुले सभामुख पदका लागि प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभामुखका लागि मतदान भने शुक्रबार हुनेछ ।

उनीहरूले प्रदेशसभा सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । शुक्रबार ११ बजे बस्ने प्रदेशसभा बैठकले सभामुखको निर्वाचन प्रक्रिया पूरा गर्नेछ । 

पाठकको प्रस्तावकमा एमाले संसदीय दलका नेता जगनाथ थपलिया र समर्थकमा माओवादी सांसद युवराज दुलाल रहेका छन् । काँग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् ।

नेमकिपाको तर्फबाट सभामुखकी आकाङ्क्षी सैंजुको प्रस्तावकमा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं र समर्थकमा गीता काफ्ले छन् ।

कूल ११० सदस्यीय प्रदेशसभामा पाठकलाई सत्ता गठबन्धनका ७० सांसदको साथ रहेको छ । अधिकारीलाई नेपाली काँग्रेसको ३७ सांसदको साथ रहेको छ । नेमकिपाका ३ सांसद प्रदेशसभामा रहेका छन् ।

सत्तारुढ दलको केन्द्रीय भागबन्डाअनुसार मुख्यमन्त्री माओवादी केन्द्र, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउनेछन् । उपसभामुख चयन प्रक्रियाको भने अझै टुङ्गो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस