२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप १५ लाख मात्रा खोप माग गर्दै पुनः पत्र

अ+ अ-

काठमाडौं । सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)लाई औपचारिक रूपमा पत्र पठाएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले आज १५ लाख मात्रा खोपका लागि ‘गाभी’लाई पत्र पठाइएको जानकारी दिए । यसअघि पुस १४ गते पनि शाखाले बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो । उक्त पत्रानुसार गाभीले आगामी माघ १९ गते १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ ।

‘बुस्टर डोजका लागि १५ लाख मात्रा खोपले मात्र नपुगेपछि थप १५ लाख मात्रा खोपका लागि आजै हामीले गाभीसँग माग राखी पत्र पठाएको छौँ,’ उनले भने, ‘गाभीले खोपबारे चाँडै नै जानकारी गराउने छ ।’

गाभीले कोभ्याक्स सुविधामार्फत नेपालले बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप ल्याउन थालिएको हो । बुस्टर डोजका लागि मात्र ३० लाख मात्रा खोप आउने छ ।

छिमेकी मुलुक भारत र चीनमा बीएफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।