पार्टीले निर्णय गरेकाले विश्वासको मत दिए : शेखर कोइराला « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पार्टीले निर्णय गरेकाले विश्वासको मत दिए : शेखर कोइराला


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीले निर्णय गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुपरेको बताएका छन्।

पदाधिकारी र कार्यसम्पादन समिति बैठकमा दुई थरी विचार आएपछि आफूले विवाद समाधानका लागि बीचको बाटो लिएको उनले स्पष्टीकरण दिए।

उनले भने, ‘दुई वटा विचार आएपछि यस्तो विषयमा विवाद गर्नु हुन्न, बीचको बाटो लिनुपर्छ र हामी तथष्ट हुनुपर्छ भन्ने आफ्नो विचार राखेँ । पार्टीले निर्णय गरेपछि मत त हाल्नै पर्‍यो। तर, पनि हामी तटष्ठ बस्नुपर्थ्यो भन्नेमा म अहिले पनि छु।’

केही नेताले फरक मत राखे पनि शेखर कोइराला मौन बसेको विषयमा आलोचना भइरहँदा उनले मध्यमार्गी बाटो रोजेको प्रतिक्रिया दिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस