सभामुखमा काँग्रेसका अधिकारीद्वारा मनोनयन दर्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सभामुखमा काँग्रेसका अधिकारीद्वारा मनोनयन दर्ता


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । बागमती प्रदेश सभाको सभामुखमा नेपाली काँग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् ।

बागमती प्रदेश काँग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक छन् ।

सत्ता साझेदार दलहरूको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने छन् । सत्ता गठबन्धनबीच मुख्य पदहरू भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठुलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली काँग्रेससँग ३७ सांसद छन् । ३ जना मात्र सांसद रहेको नेमकिपाबाट सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस