बागमती प्रदेशको सभामुखमा नेमकिपाकी सृजनाको उम्मेदवारी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बागमती प्रदेशको सभामुखमा नेमकिपाकी सृजनाको उम्मेदवारी


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । बागमती प्रदेशको सभामुख पदका लागि नेमकिपाकी सृजना सायजुले मनोनयन दर्ता गरेका छन् ।

बिहीबार प्रदेशसभा सचिवालय हेटौँडामा उपस्थित भएर सायजुले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।

उनले नेमकिपाका सांसद को प्रस्ताव सुरेन्द्रराज गोर्साइ र गीता काफ्लेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।

उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेकी हुन । उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा नेमकिपाका ३ जना सांसद रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस