२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई युवाको हत्या अभियोगमा बागलुङका १६ जनालाई जन्मकैद

अ+ अ-

काठमाडौँ । दुई युवाको हत्या अभियोग लागेका बागलुङका १५ जना युवालाई जन्मकैदको फैसला भएको छ । घटनामा संलग्न एक बालकलाई सुधारगृह पठाइने भएको छ । २०७७ सालको चैत १५ गते होली खेल्ने क्रममा भएको झडपमा बागलुङको निसीखोला गाउँपालिका-७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो ।

कुटपिट गरेपछि भीरबाट खसाल्दा मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेपछि बडिगाड गाउँपालिका १० का १८ जना युवाहरू पक्राउ परेका थिए । पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो । दुई जना तारेखमा छुटेका थिए ।

जिल्ला न्यायाधीश दिवाकर भट्टकोको इजलासले घटनाका दोषीलाई फौजदारी संहिताको दफा १७७ (२) अनुसार जन्मकैद फैसला भएको इजलास अधिकृत गंगाराम सापकोटाले जानकारी दिए । उनीहरूलाई २५ वर्ष कैद हुनेछ ।

२०७७ चैत १५ गते भएको घटनाका अभियुक्त अधिकांश पुर्पक्षमा थिए । पक्राउ परेका रेशम बुढामगर, रेशम भन्ने भेषराज बुढा, मिलन बुढा मगर, झनबहादुर बुढा, समबहादुर बुढा, तेजपाल भन्ने तेजेन्द्र छन्त्याल, सुमन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थराज बुढा, विमल बुढा, रुपेश बुढा मगर, हस्तबहादुर बुढा, राजु बुढा र अर्पण बुढालाई जन्मकैदको फैसला भएको हो ।

१८ वर्षमुनिको भएकोले एक जनालाई भने सुधारगृह पठाउने फैसला गरिएको छ । घटना हुँदाको दिन उनी १७ वर्ष ९ महिना १७ दिनको भएको खुलेको छ । घटनापछि प्रहरीले केहीलाई गाउँबाटै र केही भागेर गएको अवस्थामा भैरहवाबाट पक्राउ गरेर ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस